पेर्चो–धादिङबेँसी रुटमा बढी भाडा असुली, यात्रु मारमा

Avatar photo
Dhadingpost
अशोज २४, २०८२

धादिङ । खनियाबास गाउँपालिका–१ पेर्चोदेखि धादिङबेँसीसम्म सञ्चालन हुने संयुक्त यातायात प्रालिका सवारीसाधनहरूले तोकिएको भन्दा बढी भाडा असुल्दै आएको यात्रुहरूले गुनासो गरेका छन्।

दशैंको समयमा यात्रु चाप बढ्दा अस्थायी रूपमा भाडा बढाइएको भए पनि अहिले पनि सो रुटमा अनधिकृत रूपमा बढी शुल्क असुल्ने क्रम रोकिएको छैन। यात्रुहरूले बताएअनुसार चलानीमा रु. १,००० लेखिए पनि व्यवहारमा रु. १,५०० सम्म तिर्नु पर्ने अवस्था सिर्जना भएको छ।

रुवीभ्याली गाउँपालिका–१ लिङ्जोका सुवम तामाङले भने, “संयुक्त यातायातले अझै पनि पेर्चोदेखि धादिङबेँसीसम्म अनधिकृत रूपमा बढी भाडा उठाउँदै आएको छ। यसले सर्वसाधारण यात्रुहरू प्रत्यक्ष मारमा परेका छन्,” उनका भनाइ छ।

उनका अनुसार पटक–पटक जिल्ला प्रशासन, स्थानीय तह र प्रहरीले गुनासो सुने पनि अहिलेसम्म कुनै ठोस कार्यवाही भएको छैन। यात्रुहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भाडा तोकिएको दरअनुसार असुल्न माग गरेका छन्। फाेटाे: गजेन्द्र गुरुङ