पाँचौँ कुपा कप भव्यभएपछि आयोजकद्वारा धन्यवाद ज्ञापन

Avatar photo
Dhadingpost
अशोज २३, २०८२

धादिङ । नीलकण्ठ–१४ धुवाकोटमा सम्पन्न पाँचौँ कुपा कप फुटबल प्रतियोगिता विगतका वर्षहरूझैँ यस वर्ष पनि भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतियोगिता सम्पन्न भएपछि आयोजक कुपा युवा समाजले सहभागि क्लब, सहयोगी दाता, खेलकुदप्रेमी दर्शक र शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

समाजले आफ्नो अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक गरेको सन्देशमा भनिएको छ-

“गत पाँच वर्षदेखि कुपा युवा समाजले स्थानीय युवाहरूलाई स्वस्थ, अनुशासित र प्रेरित बनाउन, धुवाकोटलाई खेलकुदको माध्यमबाट देश–विदेशमा चिनाउन र स्थानीय प्रतिभा उजागर गर्न म्याराथन तथा फुटबल प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। यस वर्षको पाँचौँ संस्करण पनि सौहार्दपूर्ण, सुरक्षित र मर्यादित वातावरणमा सम्पन्न भएको छ।”

फाइनल खेलमा घोर्मु नेत्रावती डब्जोङले जनआवाज युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।

पुरस्कार विवरण

विजेता: घोर्मु युवा समाज- रु. १,००,१००
उपविजेता: जनआवाज युवा क्लब – रु. ५०,१००
सेमिफाइनल टिमहरू: कुपा युवा क्लब र फुलमाया युवा क्लब — १५/१५ हजार

कुल ३२ टिम सहभागी रहेको प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदप्रतिको उत्साह र एकता बढाएको आयोजकले जनाएको छ।

यसै क्रममा आयोजना गरिएको १० किलोमिटर मिनी म्याराथनमा बैतडीका नरेन्द्रसिंह रावतले लगातार तेस्रो पटक उपाधि जितेका छन्।
रावतले ३४ मिनेट ५२ सेकेन्डमा दूरी पूरा गर्दै रु. २३,००० जिते।
दोस्रो स्थानमा करण रावल (रु. ११,५००) र तेस्रो स्थानमा प्रकाश सुनुवार तथा राम अधिकारी रहेका छन्।

यस अघिका संस्करणहरूमा को विजयी भएका थिए ?