पाँचौँ कुपा कप फुटबल: घोर्मु विजेता

Avatar photo
Dhadingpost
अशोज २१, २०८२

धादिङ । नीलकण्ठ–१४ स्थित कुपा खेलमैदानमा कुपा युवा समाजको आयोजनामा सम्पन्न पाँचौँ कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगितामा उपाधि घोर्मु युवा समाजले जितेको छ।

फाइनल खेलमा घोर्मु नेत्रावती डब्लेजाेङले जनआवाज युवा क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

पुरस्कार विवरण
विजेता: घोर्मु युवा समाज — रु १,००,१००
उपविजेता: जनआवाज युवा क्लब — रु ५०,१००
सेमिफाइनल टिम: कुपा युवा क्लब र फुलमाया युवा क्लब — १५/१५ हजार

प्रतियोगितामा कुल ३२ टिमले सहभागिता जनाएका थिए । फाइनलसम्म पुग्ने खेलहरूले दर्शकमा उत्साह र रोमाञ्च सिर्जना गरेको थियो ।

मिनी म्याराथनमा पनि रोमाञ्चक प्रतिस्पर्धा
प्रतियोगितासँगै आयोजना गरिएको १० किलोमिटर मिनी म्याराथनमा बैतिकी नरेन्द्रसिंह रावत विजेता बने। उनले ३४:५२ सेकेन्डमा दूरी पूरा गर्दै रु २३,००० जितेका छन् । यो उनका लागि लगातार तेस्रो जित हो । फस्ट रनरअप बनेका करण रावलले ३४:५३ सेकेन्डमा दूरी पार गर्दै रु ११,५०० जिते भने सेकेन्ड रनरअप: प्रकाश सुनुवार र सान्त्वना राम अधिकारी बने । 📸 तस्वीरः कुपा युवा समाज

यस अघिका संस्करणहरूमा को विजयी भएका थिए ?