धादिङमा जेनजी आन्दोलनको समर्थनमा शान्तिपूर्ण प्रदर्शन

Avatar photo
Dhadingpost
भदौ २४, २०८२

धादिङ । जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गर्दै मंगलबार धादिङमा शान्तिपूर्ण प्रदर्शन गरिएको छ।

सोमबारको आन्दोलनमा सरकारले १९ जनाको ज्यान जानेगरी गरेको दमन र नरसंहारविरुद्ध धादिङका सामाजिक अभियन्ता राम तामाङले सोमबार साँझ नै मंगलबार बिहान १० बजे धादिङबेसीमा भेला हुन आह्वान गरेका थिए ।

सोही आह्वानअनुसार मंगलबार बिहान १० बजे धादिङबेसी पुछारबजारमा जेनजी समर्थक युवायुवती भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूले सरकार विरोधी नारा लगाउँदै पुछारबजारदेखि सिरानबजारसम्म प्रदर्शन गर्दै अघि बढेका थिए।