
धादिङ । नीलकण्ठ–१४ स्थित कुपा गाउँको कुपा खेलमैदानमा आगामी असोज ११ देखि २१ गतेसम्म पाँचौं कुपा खुल्ला नकआउट सेभेन–ए–साइड फुटबल प्रतियोगिता र असोज २१ मा खुल्ला मिनी दौड प्रतियोगिता हुने भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित विजया दशमी २०८२ को पावन अवसरमा आयोजना हुन लागेको यो प्रतियोगिता कुपा युवा समाजको आयोजना र कुपा प्रबासी समाज भारतको सह-आयोजनामा हुन लागेको हो ।
कुपा समाजका हर्क गुरुङका अनुसार, यस वर्षको पाँचौं कुपा कपमा फुटबल र दौड दुवै विधामा पुरस्कार गत संस्करणमा भन्दा बढाईएको छ । फुटबल विधामा प्रथम हुने टिमले १ लाख १०० रुपैयाँ , द्वितीयले ५० हजार १०० रुपैयाँ र आकर्षक ट्रफी, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन्। सेमिफाइनलमा रोकिएका दुई टिमलाई १५–१५ हजार रुपैयाँ प्रदान गरिने छ।
यस्तै, असोज २१ गते हुने फुटबल फाइनलसँगै ५ किलोमिटरको मिनी म्याराथुन दौड पनि आयोजना गरिनेछ । दौडको विजेताहरूमध्ये प्रथम हुनेले २३ हजार र द्वितीय हुनेले ११ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । फाईल तस्वीर


यस अघिका संस्करणहरूमा को विजयी भएका थिए?
- चौंथो कुपा कप: फुटबल तर्फ मेन्दोफोले युबा क्लब र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- तेस्रो कुपा कप: फुटबल तर्फ पुरानो पानी नुवाकोट र दौड तर्फ बैतडीका नरेन्द्र रावत प्रथम
- दोस्रो कुपा कप: फुटबल तर्फ थर्पु युवा क्लब नेत्रावती डवजोङ प्रथम
- पहिलो कुपा कप: फुटबल तर्फ भङ्गेरी युवा क्लब धुवाकोट प्रथम

