
धादिङ । गृह मन्त्रालयले बुधबार २० जना सहसचिव र २४ जना उपसचिवको सरुवा गर्दा धादिङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेत सरुवा भई नयाँ अधिकारी आउन लागेका छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन् भने अब धादिङको प्रजिअ (CDO) का रूपमा ओखलढुंगामा कार्यरत विजयराज सुवेदी आउने भएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङको सिडियोका रूपमा सुमन घिमिरे २०८१ आश्विन १४ गते पदस्थापित भएका थिए।

