धादिङमा दुई दिने याेग खेलकुद प्रशिक्षण हुने

Avatar photo
Dhadingpost
साउन २६, २०८२

धादिङ । घादिङ जिल्ला योग खेलकुद संघले यहि साउन श्रावण २७ देखि २९ गतेसम्म निःशुल्क योग खेलकुद प्रशिक्षणकाे आयोजना गर्ने भएकाे छ ।

तालिममा प्रत्येक विद्यालयहरुबाट ३ जना देखि बढीमा १० जनासम्म गराउन सकिने अध्यक्ष गाेविन्द कुमार श्रेष्ठले धादिङपाेष्टलाई बताए ।

योग साधक-साधिकाहरू र शिक्षक तथा विद्यार्थीहरुको लागि योग खेल मार्फत स्वास्थ्य, एकाग्रता र स्मरण शक्ति वृद्धि के कसरी गर्न सकिन्छ भन्ने विषयका साथै योग खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन याे तालिम लाभदायिक हुने उनले बताए ।

प्रशिक्षण योग साधक-साधिकाहरूको लागि होटल जीविका, पुछारबजारमा बिहान ठीक ४:३० देखि ६:३० बजेसम्म र शिक्षक-विद्यार्थीको लागि साेहि हाेटलमा दिउँसो ठीक ११:०० देखि २:०० बजेसम्म हुने बताईएकाे छ ।