धादिङ नुवाकोट समाज यूकेको वार्षिक भेलामा मुख्यमन्त्रीको सम्बोधन

Avatar photo
Dhadingpost
साउन ५, २०८२

लन्डन । धादिङ नुवाकोट समाज यूकेको हन्स्लोस्थित क्रान्सफोर्ड कम्युनिटी कलेजमा खेलकुद, संस्कृतिक कार्यक्रम सहित भएको वार्षिक भेलालाई बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) तामाङले सम्बोधन गरेका छन् ।

भेलालाई सम्बोधन गर्न लण्डल पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेको मुख्यमन्त्री लामाले धादिङ नुवाकोट समाज यूकेको कार्यहरु प्रशंशनिय रहेको बताउँदै प्रवासमा रहेर नेपाली भाषा, संस्कृति र पहिचान जोगाइराख्न समाज र संघसंस्थाले पुर्याइरहेको योगदानको उच्च प्रशंसा गरेका थिए ।

वार्षिक भेलाको अवसरमा बिहान फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो भने बेलुका नेपालका राष्ट्रिय कलाकारका साथ सांस्कृतिक कार्यक्रमभएको थियो । फुटबल प्रतियोगितामा ६ टिम सहभागी थिए जसमा डीएनएस फुटबल कप २०२५ तामाङ समाज युके प्रथम नेपालिज ब्रर्दस दोस्रो र BGFC तेस्रो भएका थिए ।

सांस्कृतिक कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरु लोकदोहोरी गायिका देवी घर्तीमगर, पवित्रा गुरुङ र लक्ष्मी खड्का एवं भर्सटाइल बहुप्रतिभाशाली गायक लन्डनवासी गायक कुमार योन्जनले विभिन्न गीत प्रस्तुत गरेका थिए ।

राफल ड्रमा सुनका आकर्षक पुरस्कारहरू रहेका थिए । १ तोला सुन प्रायोजन लामा ज्वेलर्स अल्डरसटका दीपेश लामा, १/२ तोला सुन कमन एन्ड को एन्ड बुद्ध कन्ट्रक्सन फेल्थामका कमान, सुनिता, पेम्बा र तुली तामाङ र सुनको चन्द्रमा जयश्रीकृष्णा ज्वेलर्स साउथ ह्यारोका प्रकाशले गरेका थिए ।

समाजका अध्यक्ष धनबहादुर तामाङ (पाख्रिन) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमममा स्वर्ण पदक विजेता राष्ट्रिय कन्फु खेलाडी सरिना घले, एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर,रि मेजर बिष्णु घलेको विशेष आतिथ्यता रहेको थियो । समाजका महासचिव बुद्धिबहादुर तामाङको उद्घोषणमा भएको औपचारिक कार्यक्रममा हेल्थ एण्ड फायर सेफ्टी ब्रिफिंग उपाध्यक्ष मोतिमान बर्ज्रचार्यले भने स्वागत मन्तब्य उपाध्यक्ष गोल बहादुर तामाङले राखेका थिए ।

अध्यक्ष धनबहादुर तामाङले कार्यक्रमका सहभागी, प्रायोजक, कलाकार, खेलाडी लगायत कार्यक्रम सफल पार्न सहयोग गर्ने कार्यसमितिसहित सबैलाई धन्यवाद दिएका छन् । सांस्कृतिक कार्यक्रम सहित भएको उक्त कार्यक्रममा बेलायतको नेपाली समाजका लव्ध प्रतिष्ठित व्यक्तिसहित धादिङ र नुवाकोटवासी सहभागी थिए ।  (धादिङपोष्टका लागि तस्वीर सौजन्यः धन तामाङ)

विगतमा भएका समर भेटघाट

धादिङमा सहयोग