
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङले सभापति रवि लामिछानेको समर्थन धादिङमा अहिले सम्म २५ हजार बढीले जनाले हस्ताक्षर गरेका छन् ।
रास्वपा गजुरीका सभापति मिलन डल्लाकोटीले धादिङपोष्टलाई जनाए अनुसार पार्टी सभापति लामिछानेविरुद्ध भएको राजनीतिक प्रतिशोधको विरोधमा असार ७ गतेबाट धादिङमा सुरुभएको अभियान ९० दिन सम्म संचालन हुने छ ।
जिल्लाका विभिन्न ठाउँहरुमा हस्ताक्षर अभियान जारी छ, हाल सम्म गजुरी गाउँपालिकाको बाजार एरिया मलेखु, फुर्के खोला, बिहानी पम्प , गजुरी बजार, घाटबेसी र आदमघाटमा ३,५६८ सहित जिल्लाभरमा २५ हजार १११ जनाले गरेका छन् डल्लाकोटीले भने ।
अभियानलाई रास्वपाका नेता–कार्यकर्ताले मिनी जनमतसंग्रहका रूपमा हेरेका छन् । रवि लामिछानेको समर्थनमा आएको हस्ताक्षरलाई उनीहरूले ०८४ को मतका रूपमा पनि विश्लेषण गरेका छन् ।
