
धादिङ । जननेता मदन भन्डारीको ७४ औं जन्म जयन्तीको अवसरमा नेकपा एमाले धादिङ ( काठमाडौं सम्पर्क मन्चले “बृहत रक्तदान कार्यक्रम” सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष कमल थापा मगरका अनुसार कार्यक्रममा ८६ जना रक्तदाताले रक्तदान गरेका थिए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री एबम एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य एबम बागमती प्रदेश सम्पर्क कमिटी इन्चार्ज सरस्वती बस्नेत,खेम लोहनी, सम्पर्क समन्वय सम्योजक श्याम बस्नेत, जिल्ला अध्यक्ष भूमी त्रिपाठी लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।
