
काठमाडौं । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि मलेशियाको बाङ्गीमा अहिले बिहान पौने ८ बजे नेपाल र सिङ्गापुर खेल्दैछन् ।
नेपाल र सिङ्गपुर एउटै समूह ‘ए’ मा थिए । समूह चरणको खेलमा नेपालले सिङ्गापुरलाई छ विकेटले हराएको थियो ।
नेपालले सेमिफाइनलमा घरेलु टोली मलेशियालाई नौ विकेटले हराएको थियो । भने सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
नेपाल १६ वर्षमूनीको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।
