एड्भान्स एकेडेमीमा विभिन्न प्रतियोगिता गरि विश्व वातावरण दिवस मनाईयो

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ २३, २०८२

धादिङ । धादिङबेसी सदरमुकाममा रहेको एड्भान्स एकेडेमीले विश्व वातावरण दिवस जून – ५ को अवसरमा कक्षा १ देखि कक्षा ९ सम्म विद्यार्थीहरुबीच “प्लास्टिक प्रदुषण अन्त्य गरौं” भन्ने मूल नारा विभिन्न प्रतियोगिता गरि मनाएको छ ।

प्रतियोगितामा तहगत रुपमा कक्षा १–३ सम्म Colouring, कक्षा ४–६ सम्म Postar Making and Salogan Writing र कक्षा ७ – ९ सम्म Recycle craft and Demonstration  अन्तर्गत विभिन्न वस्तुहरु निर्माण तथा प्रर्दशन गरेका थिए ।

प्रतियोगितामा कक्षा १ बाट आज्ञाश्री श्रेष्ठ र गंगा मगर, कक्षा २ बाट पुष्प विवस रोक्का र सुस्मिता रोकाए, कक्षा ३ बाट समिक्षा श्रेष्ठ र शितल मगर प्रथम भएका थिए भने कक्षा ४ बाट गुराँश श्रेष्ठ कक्षा ५ अनुशा श्रेष्ठ कक्षा ६ बाट सुगरिका घले प्रथम भए । यस्तै कक्षा ७ बाट युजिशा मास्के र दिपशा सुनार कक्षा ८ बाट सुसान्त काप्री, कक्षा ९ बाट शान्ति तामाङ, कृतिका श्रेष्ठ र एजिशा बज्रचार्य प्रथम भए ।

उत्कृष्ट विद्यार्थीहरुलाई विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ र प्रधानाध्यापक भिमबहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रधानाध्यापक श्रेष्ठले विद्यार्थीहरुले प्लास्टिकजन्य वस्तुहरुबाट विभिन्न प्रयोजनका लागि पुन प्रयोग गर्ने, पर्यावरणप्रति चेतना फैलाउने, दिगो विकासमा जोड दिने, वृक्षारोपण, जलवायुका परिवर्तन रोकथाम, मानिसहरुलाई प्रकृति र वातावरण प्रतिको जिम्मेवार बोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।