धादिङका प्रोसेस पाण्डे बने भ्वाइस अफ नेपाल सिजन ६ को विजेता

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २०, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिका निवासी फरक क्षेमताका प्रोसेस पाण्डेले सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि जितेका छन् ।

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा उपाधी आफ्नो पक्षमा पारे सँगैं पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा खोटाङका रोशन राई फस्ट रनरअप घोषित हुँदा इलामका प्रमेश राई सेकेन्ड रनरअप बने भने कोच सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।