गजुरी मिलनटार–मनहरी सडक कालोपत्रे सुरु

Avatar photo
Dhadingpost
बुधबार, बैशाख १७, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिका ६ मिलनटार देखि, जरेबगैँचा, राम्चे, पिडा हुँदै बैकल्पिक मार्गको रूपमा मकवानपुरको मनहरी जाने सडक कालोपत्रे गर्ने काम आजबाट सुरु भएको छ ।

बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज एक कार्यक्रमका बीच सडक कालोपत्रे कार्यशुभराम्भ गरेका हुन् । उनी मुख्यमन्त्री हुँदा बागमती प्रदेश सरकारले उक्त सडक कालो पत्रका लागि ३२ करोड ८० लाख १८ हजार ६ सय २१ रूपौँया विनियोजन गरेको थियो ।

सडक कालोपत्रेको कार्यशुभारम्भ गर्न पुगेका निवर्तमान मुख्यमन्त्री जम्कट्टेल, गजुरी गाउँपालिकाका प्रमुख गणेशलाल श्रेष्ठलाई स्थानीयले फुलका गुच्छा, खादामाला र अविरले सम्मान गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

जम्कट्टेल मुख्यमन्त्रीबाट हटेपछि दैनिक रुपमा आफ्नो निर्वाचन क्षेत्रका टोल-टोल पुगिरहेका छन् भने जिल्लामा सबैभन्दा बढी खट्ने र कार्यक्रममा सहभागी हुने नेताका रुपमा देखिएका छन् ।