राष्ट्रिय युवा संघ गजुरीकाे अध्यक्षमा रवीन्द्र सापकाेटा चयन

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ६, २०८२

धादिङ । एमाले निकट राष्ट्रिय युवा संघ गजुरी गाँपालिकाकाे दाेश्राे अधिबेशनबाट अध्यक्षमा क्रीकेट संघ धादिङका सदस्य समेत रहेका रवीन्द्र सापकाेटा चयन भएका छन् ।

आज सम्पन्न भएकाे उक्त अधिबेशनले उपाध्यक्षमा सुजन अधिकारी, सचिवमा साेमबहादुर चेपाङ, उप सचिवमा मन्जु अधिकारी र कुमार धिताल काेषाध्यक्षमा भक्तबहादुर कार्कीलाई चयन गरेकाे छ ।

अधिबेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय महासचिव सुमन पुरी प्रमुख अतिथि रहेका थिए भने प्रमुख वक्तामा एमाले धादिङका अध्यक्ष भुमी प्रसाद त्रिपाठी थिए ।