
धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका स्थित सेमजोङमा जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ ।
विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षकले जनही ५–५ हजार जित्ने यस प्रतियाेगिताकाे आज भएकाे उद्घाटन खेल आयोजक छार वाकाले बेङरुङ युवा क्लबको बिरुद्ध १-० गोल गर्दै बिजय भएको छ ।
प्रतियाेगितामा २५ टिमले भाग लिने छन् ।

छार वाका राहा युवा क्लबको अध्यक्ष भिम बहादुर गुरुङ ( जङ्गे) को अध्यक्षता भएकाे उद्घाटन समारोहमा बागमति प्रदेश सभा सदस्य माननिय गोबिन्द लम्सालको प्रमुख आतिथ्यता, नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन , प्रमुख प्रशासकिय अधिकृत हरेराम साह र वडा नं ३ को वडा अध्यक्ष सुरेश गुरुङ लगायतको आतिथ्यता रहेको थियाे ।
नुवाकोट र धादिङ जिल्लाको सिमानामा रहेको धार्मिक एवम् पर्यटकिय स्थल अहिंसावादी ज्याम्पल दोर्जे डुब्खाङको प्रमुख आकर्षण बनेको ऐतिहासिक पोखरी वाकाह्रा अहिले संकटमा छ । यसै वाका राहा क्षेत्रको प्रचार प्रसारका लागि स्थानीय छार वाका राहा युवा क्लवले बर्षेनी सर्वाधिक राशीको खुल्ला फुटबल प्रतियोगिता गर्दै आएको छ, भने धार्मिक पर्यटकिय स्थल वाका राहा क्षेत्रलाई पवित्र बौद्ध तिर्थ बनाउने अभियानमा स्थानीयहरुले काम गर्दै आएका छन् ।
गत संस्करणहरु