
धादिङ । धादिङको गजुरी गाउँपालिकाको आयोजना र गजुरी ब्याडमिण्टन क्लवको सह-आयोजनामा यहि फागुन ८ देखि जारी दोस्रो गजुरी अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता शनिबार गजुरी गलौंदी स्थित कभर्ड हलमा सम्पन्न भएको छ ।
प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, राष्ट्रिय ९० प्लस पुरुष युगल, राष्ट्रिय पुरुष युगल ‘बी’, जिल्ला स्तरीय पुरुष युगल ‘बी, जिल्ला स्तरीय पुरुष युगल ‘सी’ र खुल्ला जनप्रतिनीधि स्तरीय विधामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा
- राष्ट्रिय पुरुष युगल तर्फ: प्रनिश सिंह ठकुरी/भोज ब. गुरुङ्ग (एपीएफ) प्रथम, राम मल्ल ठकुरी/सुजन थापा (धादिङ) द्वितीय,सान्तोना पविन लिङ्थेप+ बिधान अधिकारि दिपक राना + जेनिश शेरचन
- राष्ट्रिय ९० प्लस पुरुष युगल तर्फ: राजकुमार श्रेष्ठ/भीषण श्रेष्ठ धादिङ प्रथम, सन्जय गोपालि/अनिल ताम्सुहाङ (एपीएफ) द्वितीय, सान्तोना राजेन्द्र महर्जन/ प्रकाश राइ र चन्दन घले/ बिनय लामिछाने नुवाकोट
- राष्ट्रिय पुरुष युगल ‘बी’ तर्फ: जोन जसराज/सक्क्षम ढकाल प्रथम, निर्दिस्ट अधिकारी/जेनिस अमात्य द्वितीय, सान्तोना आशिस राना मगर/अस्विन थापा मगर र अमृत थापा/ रमेश महर्जन
- जिल्ला स्तरीय पुरुष युगल ‘बी’ तर्फ: अमृत थापा/ बुद्धि बहादुर थापा धादिङ प्रथम, निर्दिष्ट अधिकारी/ निस्चल श्रेष्ठ धादिङ द्वितीय, सान्तोना गोबिन्द श्रेष्ठ/आशिष राना मगर गजुरी र रमेश गुरुङ/आकाश गुरुङ गजुरी
- जिल्ला स्तरीय पुरुष युगल ‘सी’ तर्फ: राकेश तामाङ/बिनोद बानिया प्रथम, सन्जय श्रेष्ठ/ कुमार मगर द्वितीय, सान्तोना कपिन्द्र अधिकारी/बानिया रुपेन्द्र र भिम प्र श्रेष्ठ/आयुष मगर
- खुल्ला जनप्रतिनीधि स्तरीय तर्फ: राम राइ/ गोबिन्द राम राइ ओखलढुंगा प्रथम, गणेशलाल श्रेष्ठ/राजकुमार श्रेष्ठ धादिङ द्वितीय, सान्तोना प्रल्हाद सापकोटा/ लोसन तामाङ चितवन र भोला राइ/ सुधीर राइ ओखलढुंगा

विजेताहरुलाई क्रमशः
राष्ट्रिय पुरुष युगल: प्रथमलाई ६६ हजार ६६६, द्वितियलाई ४० हजार र तृतीयलाई २६ हजार ६६६,
राष्ट्रिय ९० प्लस पुरुष युगल: प्रथमलाई ४६ हजार ६६६, द्वितियलाई २६ हजार ६६६ र तृतीयलाई २६ हजार ६६६,
राष्ट्रिय पुरुष युगल ‘बी’: ४६ हजार ६६६, द्वितियलाई २६ हजार ६६६ र तृतीयलाई २६ हजार ६६६,
जिल्ला स्तरीय पुरुष युगल ‘बी’: प्रथमलाई ३३ हजार ३३३, द्वितियलाई २० हजार र तृतीयलाई १३ हजार ३३३,
जिल्ला स्तरीय पुरुष युगल ‘सी’: प्रथमलाई २० हजार, द्वितियलाई १३ हजार ३३३ र तृतीयलाई १३ हजार ३३३,
जनप्रतिनीधि: प्रथमलाई ३३ हजार ३३३, द्वितियलाई २० हजार र तृतीयलाई १३ हजार ३३३३,
पुरस्कार प्रदान गरिएको गोविन्द श्रेष्ठले धादिङपोष्टलाई बताए ।
गत वर्ष सम्पन्न प्रथम अध्यक्ष कपमा राष्ट्रिय तर्फ त्रिभुवन आर्मी क्लवका निश्चल खत्री र पविन लिङथेनलाई पराजित धादिङका दाजुभाईको जोडी दाजुभाई राममल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीले जितेका थिए । भेट्रान तर्फ पर्वतका प्रेम कुमार गुरुङ र सञ्जय कपालीको जोडीले कास्कीको राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडी प्रथम भएका थिए भने जिल्ला स्तरीय पुरुष युगल ‘बी’ लेभल तर्फ लक्ष्मण मल्ल ठकुरी र कृष्ण मल्ल ठकुरीको जोडीलाई पराजित गर्दै राममल्ल ठकुरी र अञ्जन श्रेष्ठको जोडी प्रथम हुँदा जिल्ला स्तरीय पुरुष युगल ‘सी’ लेभलमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र गोविन्द श्रेष्ठको जोडी गजुरी कै समुन्द्र पाठक र विजय रानाको जोडीलाई हराउँदै प्रथम भएका थिए ।