
धादिङ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा धादिङका नौं जना शिक्षकहरु माध्यमिक तह द्वितीय श्रेणीमा र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा भएका छन् ।
धादिङबाट माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुने तीन जनामा चुण्डामणी अधिकारी, सरोज खतिवडा र क्षेत्रबहादुर गुरुङ र निम्न माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा हुनेमा मुकुन्द अधिकारी, शालिकराम अर्याल, प्रकाश श्रेष्ठ, हेरम्बराज कडेल, सिर्जना बराकोटी, र उद्दवराज डल्लाकोटी रहेका छन् ।
े