
धादिङ । बेनिघाट रोराङ गाउँपालिका द्वारा “शिक्षाका लागि भिक्षा अभियान” अन्तरगत आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा गजुरी गाउँपालिकाले १५ लाख ९९ हजार ९९९ दान गरेको छ ।
भागवत महायज्ञको आज अन्तिम दिन गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले गजुरी गाउँपालिकाकाको तर्फबाट उक्त रकम दान स्वरुप सहयोग गर्ने घोषणा गरेका हुन् ।