ज्वालामूखीले जित्यो लोक दोहोरी प्रतियोगिता

Avatar photo
प्रेम नेपाली
सोमवार, माघ २१, २०८१

धादिङ । धादिङबेसीमा जारी प्रथम लोक तथा सांस्कृतिक महोत्सवको अवसरमा आयोजित अन्तरपालिका स्तरीय लोक दोहोरी प्रतियोगिता गजुरीलाई पराजित गर्दै ज्वालामूखी गाउँपालिकाले जितेको छ ।

ज्वालामूखीबाट संगिना मगर र सुरेन्द्र मगर प्रतियोगितामा सहभागी थिए जित सँगै उनीहरुले नगद ५० हजार जितेका छन् ।

उप-विजेतामा रोकिएको गजुरी (सफल अर्याल र सिता बराल) ले नगद ३० हजार पाएका छन् भने सान्तोना भएका सिद्धलेक टिम (भावना अर्याल र प्रदिप बराईली) र नीलकण्ठ टिम (सुरेन्द्र न्यौपाने र सन्जु लामा) ले नगद १५-१५ हजा पाए ।