
धादिङ । नेकपा माओवादी केन्द्र सम्बद्ध नेपाल राष्ट्रिय निर्माण व्यवसायी संगठन, धादिङको तेर्स्रो सम्मेलनबाट अध्यक्षमा युनियन बन्जरा चयन भएका छन् ।
बेनीघाट रोराङ गाउँपालिका स्थित रिभर बीच रिसोर्टमा सम्पन्न उक्त सम्मेलनले वरिष्ठ उपाध्यक्षमा संगित सुवेदी, उपाध्यक्षमा शंखर पाण्डित र राजन सिंखडा, महासचिवमा राजाराम रिजाल, सचिवमा श्रीराना मगर र कोषाध्यक्षामा नवीन खडकालाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा सुजन सिटौला, प्रकाश न्यौपाने, गणेश कुमार श्रेष्ठ, शैलेन्द्र सिलवाल, जनक श्रेष्ठ निर्वाचित भएका छन् ।
निवर्तमान पदम श्रेष्ठको अध्यक्षतामा भएको उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य पुष्पबिक्रम मल्लको प्रमुख आथित्यता, केन्द्रिय सदस्य तथा बागमती प्रदेशका पूर्व मुख्य मन्त्री सालीकराम जम्मकट्टेलको विशेष आथित्यता, नेकपा माओवादी केन्द्र जिल्ला संयोजक मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।