गंगाजमुनामा माओवादीको शुभकामना आदान-प्रदान

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज १८, २०८१

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगाजमुना गाउँपालिका समितिको विस्तारीत वैठक तथा दशैं शुभकामना आदानप्रदान कार्यक्रम विहिबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्यता, बागमती प्रदेशका सह सचिव दल बहादुर बुर्लाकोटी (विजय) र गंगाजमुना गाउँपालिका पार्टी इन्चार्ज नवराज अधिकारी क्षेत्रीको बिशेष आतिथ्यता रहेको कुमार अधिकारीले धादिङपोष्टलाई बताए ।

कार्यक्रममा पालिका सममन्वय समितिका सदस्यहरु, वडाका पार्टी अध्यक्ष, जबस मोर्चाका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो भने शुभकामना आदान प्रदानका क्रममा पार्टीका कलाकारहरुले सांस्कृतिक प्रस्तुती देखाएको समेत उनले बताए ।