फुलखर्कमा म्याद गुज्रिएको सामाग्री नष्ट

Avatar photo
Dhadingpost
बिहिबार, अशोज १०, २०८१

धादिङ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं-५ स्थित फूलखर्क र तिन्खडेमा बजार अनुगमन गरि म्याद गुज्रिएको सामाग्री नष्ट गरिएको छ ।

हाम्रो बजार वडामा अनुगमन नियमित हुन्छ । आलो-पालो गरि आफ्नो वडामा बजार अनुगमन निरन्तर चलिरहेको गाउँपालिकाका प्रवक्ता एवम् वडा अध्यक्ष कुमार अधिकारीले धादिङपोष्टलाई बताए ।

आज १० वटा पसलहरु अनुगमन गर्यौं । ति पसलहरुबाट वरामद गरिएको अखान्य पदार्थहरु प्रहरीको उपस्थितिमा नष्ट गरिएको उनीले बताए ।