धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा गाउँपालिकाको उत्कृष्ट शिक्षक र विषयगत शिक्षकलाई सम्मान गरेकोे छ । गंगाजमुसनाले कक्षा ३, ५, ८, १० र १२ मा उत्कृष्ट सिकाइ उपलब्धी प्राप्त गर्ने २४ जना शिक्षकहरुलाई र कक्षा ८ र १० मा उत्कृष्ट अंक ल्याउने ५ जना विद्यार्थी गरी २९ जनालाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुको नामावली
- (कक्षा १२) SLC को सिकाइ उपलब्धिमम पुरष्कृत हुने शिक्षकहरू
- रामचन्द्र सिटौला, नेपाली विषयमा री गाउँ मावि
- अशोक बोहरा, सामाजिक री गाउँ मावि
- वीर सिंह नायक, अंग्रेजी तामाङखर्क मावि
(कक्षा १०(SEE) को सिकाइ उपलब्धिमा
- अंग्रेजी विषमा बुद्धिमान गुरुङ, शिबालय मावि
- गणित सुनिता बुर्लाकोटी, शिबालय मावि
- विज्ञान पुजा राई, महालक्ष्मी मावि
- नेपाली अजिता दाहाल, महालक्ष्मी मावि
- सामाजिक निर्मला लामिछाने, महालक्ष्मी मावि
कक्षा ८ को गाउँ पालिका स्तरीय परीक्षा
- नेपाली सन्तोष तिमल्सिना, महेन्द्ररत्न मावि
- गणित दामोदर भट्ट, हिलेपाेखरी आवि
- अंग्रेजी वुद्दिमान गुरुङ, शिवालय मावि
- सामाजिक तरसाली माया तामाङ, पासाङचोक महादेव मावि
- विज्ञानमा पितम दाहाल, महेन्द्र रत्न मावि
- स्वास्थ्य शारीरिक आमाेश तामाङ, शितलादेवी आ वि
कक्षा ३ को सिकाइ उपलब्धि तर्फ
- कोपिला खत्री, अंग्रेजी महालक्ष्मी मावि
- विमला अधिकारी, नेपाली महालक्ष्मी मावि
- सीता लामिछाने, गणित मण्डली मावि
- प्रविण तामाङ, सेरोफेरो शितलादेवी आवि
अन्य विधा
पालिकाभित्र उच्च सिकाइ उपलब्धि ल्याउने
- कक्षा -१२ को उत्कृष्ट -शंकर सिंखडा प्र.अ. तामाङखर्क मावि
- कक्षा- १० को SEE मा रमेशकुमार श्रेष्ठ प्र.अ शिवालय मावि
- कक्षा-८ को मा आशिष तामाङ प्र.अ. शितलादेवी आवि
- कक्षा -५ को मा कृष्णबहादुर राना प्र.अ. हिलेपाेखरी आवि
- कक्षा -३ को मा राजेन्द्र सापकोटा प्र.अ. महालक्ष्मी मावि
- बालकोटा शिक्षकबाट उत्कृष्ट कक्षा व्यवस्थापन सविता तामाङ, पासाङचोक मावि
- कार्यालय सहयोगीबाट मनोज तामाङ
SEE परीक्षा २०८० मा ३.६ GPA देखि माथि ल्याउने विद्यार्थी
- निरुता थापा मण्डली मावि
- सुचना अधिकारी मण्डली मावि
- समीर गुरुङ तामाङखर्क मावि
कक्षा ८ मा
- स्वीकृति लामिछाने शिवालय मावि
- पुष्पामाया तामाङ री गाउँ मावि
कार्यक्रममा शिक्षक शिक्षिकाहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धिका लागि छलफल समस्या समाधानका निम्ति विषयगत विज्ञहरु संग अन्तरक्रिया समेत गरिएको थियो ।
गंगाजमुना गाउँपालिकाको प्राङगणमा सम्पन्न भएको कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधी तथा गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयका शिक्षक शिक्षिकाहरुको भव्य सहभागिता रहेको थियो । गाउँपालिका प्रवक्ता कुमार अधिकारीका अनुसार उपाध्यक्ष रामेश्वर सिंखडाकोे अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा धादिङ जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।