धादिङ । धादिङको बेनीघाट रोराङमा प्रधानाध्यापकहरुको बैठक सोमबार सम्पन्न भएको छ । बैठकमा बेनीघाट रोराङका ७८ विद्यालय मध्य ७५ विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।
बैठमका शिक्षा विकास तथा समन्वय इकाई, धादिङका इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ, आधारभूत विद्यालय शिक्षा परियोजना धादिङ जिल्ला संयोजक नवराज पाठक, गाउँपलिकाका शिक्षा अधिकृत बोधराज पाठक लगायतले शैक्षिक सवाल र गुणस्तरीय शिक्षाका लागि प्रधानाध्यापकहरुको भूमिका लगायतका विषयमा सहजिकरण गरेका थिए ।
बेनीघाट रोराङमा सामुदायीक ७३ र संस्थागत ५ गरी ७८ विद्यालय रहेका छन् भने यी विद्यालयमा चालु शैक्षिक वर्षमा १० हजार २७ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।