समलिङ्गी तेस्रो लिङ्गीले मनाए गाईजात्रा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ६, २०८१

काठमाडौं । दुई दशक अघिदेखि समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन हुन् । उनीहरुले यस वर्ष पनि गाईजात्रा पर्व मनाएका छन् ।

पुरुष र महिला भन्दा आफूलाई भिन्न पहिचानमा चिनाउनेहरू आफू अनुकूलका भेसभुसामा स्वतन्त्र पूर्वक सडकमा निस्कन थाले। सन् २००३ मा एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन सुरु गरे । पन्तकै नेतृत्वमा चितवन, पोखरा लगायतका सहरमा समुदायका सदस्यहरू सहभागी भएर गाईजात्रा पर्व मनाउँदै आए । त्यसपछिका वर्षमा भने गाईजात्रा पर्व काठमाडौँमा मात्र सीमित भएको छ।

काठमाडौँको पनि ठमेलदेखि वसन्तपुरसम्म र्‍याली निकाल्ने, मैनबत्ती बाल्ने, नाचगान हुने गरेकोमा गत वर्षदेखि कीर्तिपुरमा पनि समलिङ्गी तेस्रो लिङ्गीहरूले गाईजात्रा उत्सव मनाउन थालेका छन् । राज्यका निकायमा सहभागिता सुनिश्चित गर्न माग गर्दै कीर्तिपुरको बाघभैरवदेखि उमामहेश्वर मन्दिरसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई गाईजात्रा मनाए। वर्षभर दिवङ्गत समुदायका सदस्यको चिरशान्तिको कामना गरे ।

तेस्रो लिङ्गीलाई नबुझेर बलात्कार गरेर फालिदिएको घटना अहिले पनि भइरहेको उनीहरूले सुनाए। तेस्रो लिङ्गी व्यक्तिहरूले आफ्नो ज्यान जोखिममा पारेरै अहिलेसम्म समाजको अगाडि खुलेर आएको बताए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशिताका लागि समाजमा सचेतना फैलाउने सन्देश लिएर गाईजात्रा उत्सवमा सहभागी भएको मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताए ।