धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिकाले डेंगु रोकथामका लागि डेंगु लगायत अन्य रोगहरु सार्ने लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियान सुरु गरेको छ ।
पालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष कुमार अधिकारीले डेंगु रोकथामका लागि नागरिक आफै सचेत हुनुपर्ने र सचेतनाका लागि पालिकाले डेंगु रोकथाम अभियान सुरु गरेको बताए ।
डेंगु रोकथामका लागि गङ्गाजमुनाको स्वास्थ्य शाखाले सूचना समेत जारी गरेको छ ।