धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले सूचना जारी गर्दै सार्वजनिक स्थानमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न अनुरोध गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नर्बदा घिमिरेले उक्त सूचना नमानेमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १७ बमोजिम कारवाही र सजाय जनाएकी छिन् । साथै सूचनामा भनिएको छ,
१. होटल, रेष्टुरेन्ट, बार, रिसोर्ट, मोटल, भोजनालय, चमेनागृह,लज, छात्र वा छात्रावास तथा अतिथि गृह,
२. सरकारी कार्यालय, निकाय वा संस्था,
३. शिक्षण संस्था विद्यालय, कलेज पुस्तकालय, तालिम तथा स्वास्थ्य सम्बन्धी संस्था,
४. विमानस्थल,वायुसेवा तथा सार्वजनिक सवारीका साधन,
५. बालकल्याण गृह,शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथलय, बाल उद्यान तथा क्लव,
६. उद्योग तथा कलकारखानाका कार्यस्थल,
७. चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला,
८. सार्वजनिक शौचालय
९. रंगशाला,कभर्डहल,शारिरीक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, १०.धर्मशाला तथा धार्मिक स्थल,
११.सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर,
माथिका सबै कार्यालय र सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन निषेधको सूचना टाँस गर्नुपर्नेछ । सूचना टाँस नगरेमा सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ को दफा १७ बमोजिम व्यवस्थापक (कार्यालय प्रमुख) लाई पाँच हज़ार रुपयाँ सम्म जरिवाना हुनेछ । कसैले पनि अन्य व्यक्तिलाई असर पर्ने गरी घर तथा निजी सवारी साधन भित्र धूम्रपान गर्न पाउँदैन ।