
धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राजकुमार भण्डारी यतिबेला टोल-टोल पुगेर सामाजिक भत्ता बाड्न र भत्ता कार्ड नविकरण गर्न व्यस्त छन् ।
गत आवमा २९७ जनाले थिए सामाजिक सुरक्षा भत्ता बुझेका थिए, अहिले केहि तलमाथि हुन सक्छ । कार्ड नविकरण गर्न वडामा बोलाउदा उहाँहरुलाई असहज हुने भएकोले टोल-टोल पुगेर कार्ड नविकरण गरिएको उनले धादिङपोष्टलाई बताए ।
पशुपती डाँडा, कुमाल गाउँ, वडा कार्यालय, पिडाले चौतारा, कुडुले टोलहरुबाट भत्ता वितरण सँगै कार्ड नविकरण गरिएको र बाँकी छुटपुटलाई वडामा बोलाईएको वडा अध्यक्ष भण्डारीले बताए ।