
काठमाडौं । यहि साउन २ गतेसम्मको तथ्यांकअनुसार युरिया, डीएपी र पोटास गरी देशभर अहिले १ लाख २३ हजार २ सय ४७ टन रासायनिक मल मौज्दात छ । युरिया ७७ हजार ४३१ टन, डीएपी ३८ हजार ४ सय ५६ टन र पोटास ६ हजार ५ सय ३० टन मौज्दात रहेको कृषि मन्त्रालयले जनाएको छ ।
यस अघिको सरकारले मल खरिदका लागि बजेट सुनिश्चित गर्दा यो वर्ष रासायनिक मलको अभाव नहुने भएको हो । प्रचण्ड नेतृत्वको सरकारले मल अभाव रोक्न आर्थिक वर्ष २०७९–८० मा मल खरिदका लागि साढे ३८ अर्ब रुपैयाँ सुनिश्चित गरेको थियो ।
यस्तै गत आव २०८०–८१ मा मल खरिदका लागि सरकारले ३० अर्ब रुपैयाँ सुनिश्चित गरेको थियो । यसैगरी चालु आवका लागि २८ अर्ब बजेट छुट्याइएको छ । मल खरिदका लागि बजेट सुनिश्चित हुँदा समयमा नै टेन्डर आह्वान हुने भएकाले आपूर्तिमा समस्या नभएको र नहुने मन्त्रालयले जनाएको छ ।