धादिङ । धादिङको खनियाबास गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ३६ करोड ५० लाख २६ हजार ४०० रुपैयाको अनुमानित वजेट विनियोजन गरेको छ ।
उप प्रमुख सेक्केमान तामाङद्वारा पेश भएको उक्त वजेट गाउँसभाले पास गरेको छ । बजेट प्रस्तुत गर्नुअघि गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले आर्थिक वर्ष ०८१/८२ का लागि निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सेउप प्रमुख क्केमानले वजेट भाषणमा कृषि तर्फ २० लाख, पशु सेवा विकास तर्फ २० लाख, सहकारी तर्फ ५ लाख, परियोजना तर्फ ८० लाख, पर्यटन तर्फ १० लाख, न्यायिक समिति तर्फ १० लाख, वन तथा भू संरक्षण तर्फ ७ लाख, विपद व्यवस्थापन कोष तर्फ २० लाख, सामुदायीक वन व्यवस्थापनमा ३ लाख, शिक्षामा १ करोड ३५ लाख, स्वास्थ्यमा ५० लाख विनियोजन गरिएको जनाएका थिए ।
यस्तै सरसफाई तथा स्वच्छतामा १० लाख, महिला बालबालिका तर्फ १७ लाख, सुशासन तथा संस्थागत विकामा १ करोड ४० लाख, कार्यालय तथा कर्मचारी व्यवस्थापनमा ५ करोड ५० लाख, पूर्वाधार विकासमा ३२ लाख ५० हजार विनियोजन गरिएको उप प्रमुख सेक्केमानद्वारा प्रस्तुत वजेटमा उल्लेख छ ।