धादिङ । गंगाजमुना गाउँपालिकाको दोस्रो गाउँसभाको पाँचौ अधिवेशनमा उप प्रमुख रामेश्वर सिंखडाद्वारा प्रस्तुत आगामी वर्ष २०८१/८२ को वजेट पास भए सँगै सार्वजनिक गरिएको छ ।
उपपमुख सिंखडाले आगामी वर्षका लागि कूल ५३ करोड ११ लाख १ हजार ३५० रुपैयाको वजेट प्रस्तुत गरेका छन् । वजेटमा वडाका लागि ४ करोड ३० लाख विनियोजन गरिएको छ जसमा वडा नम्बर ५ ले ७७ लाख २६ हजार पाएको वडा अध्यक्ष एवम् प्रवक्त कुमार अधिकारीले धादिङपोष्टलाई बताए ।
स्वास्थ्यमा ९ करोड, ६५ लाख, शिक्षामा १ करोड ९० लाख, पर्यटन प्रवद्र्धनका लागि ६० लाख, कृषिमा ५० लाख, पशु क्षेत्रमा ४० लाख र खेलकुदमा २० लाख विनियोजन भएको उक्त वजेटमा उल्लेख भएको छ ।