धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिकाले गाउँपालिका भित्र रहेका सहिद तथा वेपत्ता परिवारलाई उद्यमशिलता तालिम प्रदान गर्दै मौरीको घार वितरण गरेको छ ।
पालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष कुमार बहादुर अधिकारीका अनुसार तालिमामा १० जना सहिद परिवारको तर्फबाट र २ जना वेपत्ता परिवारको तर्फबाट सहभागी रहका थिए ।
तालिम पछि सहभागि सबैलाई मौरी सहित २ घार र मौरी नभएको खाली घार १ गरी प्रति परिवार ३ घार प्रदान गरिएको छ ।