जनगाउँ आविको नयाँ भवन उद्घाटन

Avatar photo
दिपेश कडेल
बिहिबार, बैशाख ६, २०८१

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका -५ स्थित जनगाउँ आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाट गरिएको छ ।

हनुमान इटीएस प्रोभिन्चा अतोनोमा दि बोल्जानो र एबीआरएम ओडीभी ईटालीको ६७ लाख आर्थिक सहयोगमा बनेको ६ कोठे विद्यालय भवन गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक), हनुमान इटीएस ईटालीकी अध्यक्ष फ्रान्चेस्को भेजेगेल्लो र को अपरेटिभ यसुथ अर्गनाईजेशन नेपाल (कोयोन) का अध्यक्ष दिनेशकुमार कडेलले संयुक्त रुपमा उद्घाट गरेका हुन् ।