जुनताराका विद्यार्थीलाई ट्रयाकसुट वितरण

Avatar photo
Dhadingpost
बुधबार, माघ २४, २०८०

धादिङ । गजुरी गाउँपालिका ७ मा रहेको जुनतारा आधारभुत विद्यायका १०३ जना विद्यार्थीलाई नि:शुल्क ट्रयाकसुट वितरण गरिएको छ ।

प्रधानाध्यापक किशोर अधिकारीका अनुसार जुनतारामा विपन्न चेपाङ र तामाङ समुदायका १०३ जना विद्यार्थीहरुलाई मंगलबार निभा विल्डर्स सप्लायर्स प्रा. लि. को सहयोगमा गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले ट्रयाकसुट वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा गजुरी ७ का वडाध्यक्ष वद्रि प्रसाद जम्कटेल, अनिल श्रेष्ठ, सूर्य तामाङ, चेलिमायाँ तामाङ लगायतको उपस्थिती रहेको थियो ।