धादिङ महोत्सव जानेहरु र्‍याफ्टिङमा रमाउँदै

Avatar photo
Dhadingpost
शनिबार, माघ १३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिकाको गलौँदीमा माघ १० गते देखि नवौं धादिङ महोत्सव जारी छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको यस महोत्सव आवलोकन गर्न आउनेहरुले र्‍याफ्टिङको मज्जा पनि लिएर फर्कने गरेका छन् ।

आयोजकले र्‍याफ्टिङलाई दुई प्याकेज बनाएको छ । घाटबेसीबाट मेला स्थल सम्मको लागी प्रति टिकटको मुल्य ५०० राखेको छ भने महोत्सव नजिकै मात्रैको लागि रु २०० को टिकट बनाएको छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको बताईएको छ । कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टललाई महत्व दिईएको धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।