नवौं धादिङ महोत्सवको आकर्षण र्‍याफ्टिङ र कृषि प्रदर्शनी

Avatar photo
Dhadingpost
बुधबार, माघ १०, २०८०

धादिङ । आज देखि गजुरी गाउँपालिकाको गलौँदीमा सुरुभएको नवौं धादिङ महोत्सवको मुख्य आकर्षणका रुपमा कृषि सामाग्री प्रदर्शनी र त्रिशुलीमा र्‍याफ्टिङ रहेका छन् । यो महोत्सव माघ २१ गते सम्म संचालन हुने छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको यस महोत्सव उद्घाटन गर्नुपूर्ण मुख्यमन्त्री सहित अतिथिहरुलाई त्रिशुलीमा र्‍याफ्टिङ गाईएको थियो ।

धादिङ महोत्सव उद्घाट गर्दै मुख्यमन्त्री जम्कट्टेलले कृषि उत्पादनलाई बागमती प्रदेशले देश कै आधुनिक मोडलमा लैजान लागेको बताएका छन् । धादिङ जिल्लालाई कृषि र पर्यटन सँग जोड्ने योजना उद्योग वाणिज्य संघले बनाउनु पर्छ लगानी गर्ने व्यवसायीहरुलाई सरकारले आवश्यक सहयोग गर्दछौं उनले बताए ।

घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर र्‍याफ्टिङ सुरु गरिएको छ । भने स्थानी उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिएको बताईएको छ । कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल राखिनेछ र महोत्सव अवधिभरि नै रमाइलो मेलामा विभिन्न मनोरञ्जनात्मक स्टललाई महत्व दिईएको धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।