चिउरी पकेट क्षेत्रमा यो वर्ष पाँचलाख विरुवा रोप्दै छौं -मुख्यमन्त्री जम्कट्ले

Avatar photo
Dhadingpost
मङ्लबार, पुस १७, २०८०

धादिङ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले धादिङ चितव र मकवानपुरको सिमा क्षेत्रका १४ वटा वडाहरुलाई चिउरी पकेट क्षेत्र बनाउने गरी यो वषै पाँच लाख चिउरीको विरुवा रोपिने बताएका छन् ।

महेन्द्रोदय माध्यामिक विधालय गजुरी ३ को ६३ औँ वार्षिकोत्सव एवम् भवन उद्वघाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले गोरखाको सुन्तला, सिन्धुली रामेछापको जुनार भे जस्तै भोली धादिङ, चितवन र मकवानपुरको सिमा क्षेत्र चिउरीले चिनिने बनाईने बताएका हुन् ।

बागमती प्रदेश सरकारले अब कृषि उत्पादनलाई जोड दिएको बताउँदै वडा(वडामा विज्ञ खटाएर कहाँ के उत्पादन हुन्छ अध्ययन गरेर ८५ वटा पालिकालाई उत्पादन पकेट क्षेत्र घोषणा गरिन लागेको समेत बताएका छन् । तस्वीर सौजन्यः उपेन्द्र जम्कट्टेल