गजुरीमा आजबाट सातौं अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हुँदै

Avatar photo
Dhadingpost
शनिबार, पुस १४, २०८०

धादिङ । धादिङको खेलकुद इतिहास मै पहिलो पटक गजुरीमा आजबाट अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह र पाँच राष्ट्रले सहभागीता जनाउने सातौ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु हँदै छ ।

पाँच राष्ट्रले सहभागीता जनाउने यस सेमिनार तथा प्रतियोगिता जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र धादिङ शाखाको संयुक्त आयोजनामा गजुरीको गलौंदी स्थित कभर्डहलमा हुन लागेको प्रशिक्षक रमेश अधिकारीले धादिङपोष्टलाई बताए ।

उनका अनुसार आजबाट ३ दिन अन्तर्राष्ट्रिय कराते सेमिनार तथा दिक्षान्तर समारोह चल्ने छ भने १७ गते प्रतियोगिता हुनेछ । शुक्रबार साँझ सम्म पाँचै देशबाट खेलाडी गजुरी आईसकेका छन् भने प्रतियोगितामा २०० भदा बढी खेलाडीले भाग लिने अधिकारीले बताए ।

अन्तराष्ट्रि सेमिनार तथा दिक्षान्तर समारोह सँगै हुने प्रतियोगिताको उद्घाटन आज १ बजे मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने र समापन पुस १७ गते पुर्व संघिय सांसद एव नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठि गर्ने कार्यक्रम रहेको आयोजक धादिङ शाखा अध्यक्ष राजन लामाले बताए ।