धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी कभर्डहलमा अन्तर्राष्ट्रिय कराते सेमिनार तथा दिक्षान्तर समारोह को साथमा पाँच राष्ट्रले सहभागीता जनाउने सातौ अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यहि पुस १४ देखि १७ गते सम्म हुँदैछ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने उक्त कार्यक्रम जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल संघ र धादिङ शाखाको संयुक्त आयोजनामा हुन लागेको हो । धादिङमा हुन लागेको यो पहिलो अन्तराष्ट्रिय प्रतियोगिता हो ।