एन्फा धादिङले आज यू-१६ का महिला फुटबल खेलाडी छनोट गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, पुस ५, २०८०

धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले आगामी फाल्गुण १८ गते देखि २८ गते (सन् २०२४ मार्च १ देखि ११) सम्म U-16 Women’s Championship 2024 को आयोजना गर्दै छ ।

उक्त प्रतियोगिताको राष्ट्रिय टिम बनाउन एन्फाले जिल्ला छनोट गर्न थाले सँगै धादिङमा आज यू-१६ का महिला फुटबल खेलाडी छनोट गरिन लागेको एन्फा धादिङले जनाएको छ । धादिङ जिल्ला छनोट खेल गजुरीको गलौंदी खेल मैदानमा बिहान ११ बने देखि हुने उनलले बताए ।

एन्फा धादिङका महासचिव रामहरि थापाका अनुसार जिल्लाबाट छनोट भएका खेलाडीहरु प्रदेश छनोट पार गर्दै राष्ट्रिय टिममा पुग्ने बताए । यस्तै U-19 Women’s Championship 2024 का लागि पनि एन्फा धादिङले भोली अर्थात पुस ६ गते महिला खेलाडी छनोटको कार्यक्रम राखेको छ । फाईल तस्वीर