मोटरसाईकल चोरीको आरोपमा गजुरीका ३ जना काठमाडौबाट पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, पुस ३, २०८०

धादिङ । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले गजुरी गाउँपालिकाका ३ सजना र नुवाकोटका १ गरी ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले जनाए अनुसार पक्राउ पर्नेमा काठमाडौं बस्दै आएका गजुरी किरान्चोकका १८ वर्षका किरण तामाङ, चन्द्रागिरी बस्ने गजुरी ७ का दिलमान पाख्रिन र सुनिल तामाङ रहेका छन् उनीहरु सँगै नुवाँकोट विदुरका २२ वर्षीय संजित तामाङ पनि पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट निम्न सामाग्री बरामद गरिएको जनाएको छ :

  • नम्बर प्लेट नभएको च्यासिस नं. MD2A36FX0PCE87368, ईन्जिन नं. JLXCPD57562 भएको Pewter gray blue कलरको बजाज पल्सर कम्पनीको २०० NS मोटरसाईकल थान १ (एक)
  • च्यासिस नं. MD2A36FX6MCH96449, ईन्जिन नं. JLXCMH9287 भएको बागमति प्रदेश ०२-०४० प ६३६९ नम्बर प्लेट राखिएको पल्सार NS मोटरसाईकल थान १(एक)
  • च्यासिस नं.MD2A36FX6MCH96256, ईन्जिन नं.JLXCMH92671 भएको बाग्मति प्रदेश ०२- ०४० प. ८०४५ नम्बर प्लेट राखिएको पल्सर कम्पनीको 200 NS मोटरसाईकल थान १ (एक)
  • च्यासिस नं.MD2A13EY6HCG82391, ईन्जिन नं.DKYCHG71755 भएको बा. ९१ प. १७८८ नम्बर प्लेट भएको पल्सर कम्पनीको २२० सि.सि. मोटरसाईकल थान १ (एक)
  • बाग्मति प्रदेश ०२-०४६ प. ०९८ लेखिएको नम्बर र बा.प्र. ०२-०४६ प. ००९८ लेखिएको नम्बरको अगाडी र पछाडी प्रयोग हुने प्लेट जम्मा थान ३ (तीन)
  • मोबाईल थान २ (दुई) र T आकारको फलामे मास्टर साँचो (नट वोल्ड) थान १ (एक) ।