धादिङका खेलाडी भारतमा ७ गोल्ड सहित १७ मेडल जितेर फर्किदै

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १८, २०८०

धादिङ । 3rd India Open International Taekwondo Championship 2023 मा भाग लिएका धादिङका १८ जना खेलाडीले १७ मेडल सहित धादिङ फर्कदै छन् । डिसेम्बर १ बाट ३ तारिक सम्म चलेको उक्त प्रतियोगितामा धादिङका खेलाडीहरुले ७ गोल्ड, ५ रजत र ५ कास्य सहित १७ मेडल जितेका हुन् । यस प्रतियोगितामा धादिङका धनबहादुर गुरुङ रेफ्रिको भूमिकामा देखिएका थिए भने धादिङ टिमको कोचका रुपमा बुद्धमोहित परियार रहेका थिए ।

खेलाडीहरु लक्ष्मी तामाङ, अाशिका तामाङ, अमिसा तामाङ, प्रमिता तामाङ, रोनक गुरुङ, सुनिल तामाङ सुप्रव पण्डितले गोल्ड मेडल जित्न सफल भए । धना राहदीमगर, रिदम श्रेष्ठ, आकाश श्रेष्ठ, समुयल तामाङ र मन्जिल ढुङ्गानाले रजत पद जितेका छन् यस्तै प्रशान्त तामाङ, कैलाश श्रेष्ठ, बादल श्रेष्ठ, रितिक भुजेल र प्रशिद्ध गिरीले कास्य पदक जिते ।

डिसेम्बर १ बाट ३ तारिक सम्म संचालन भएको यस प्रतियोगितामा ९ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।