धादिङको म्हेन्दो फोले नुवाकाेटमा च्यम्पियन

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ६, २०८०

धादिङ । नुवाकोटको तारकेश्वर ५ निम्लेनीमा जारी ६ A Side पुरुष फुटबल प्रतियोगितामा धादिङको म्हेन्दो फोले युवा समाज च्याम्पियन बनेकाे छ ।

सयपत्री युवा क्लव नुवाकोटले आयोजना गरेको उक्त प्रतियोगितामा २१ टिमले भाग लिएको थिए । फाईनल पुगे सँगै धादिङको म्हेन्दो फोले युवा समाजले नुवाकोटको कल्लेरी डाँडा युवा क्लवलाई हराउँदै च्याम्पियन बनेकाे हाे ।

फाईनल जिते सँगै म्हेन्दो फोलेले नगद २२ हजार २२२ हात पारेकाे छ भने उपविजेता नुवाकाेट कल्लेरी डाडाले नगद ११ हजार १११ हात पारेकाे छ । धादिङको म्हेन्दो फोले युवा समाजबाट खेल्ने खेलाडीहरुमा
1.बिरोचन तामाङ
2.सोनाम तामाङ
3.सुन्दिप तामाङ
4.सुरेश तामाङ
5.सुदिप तामाङ
6.चन्द्र तामाङ
7.महेश तामाङ
8.बिबेक तामाङ
9.सागर गुरुङ
र टिम काेच बिराट तामाङ रहेका थिए ।