तात्कालिन माओवादी बसेरीका जनसरकार प्रमुख मानसिंहको निधन

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ४, २०८०

धादिङ । तात्कालिन माओवादी पार्टीले संचालन गरेको जनयुद्धको क्रममा साविक बसेरी गाविसका जनसरकार प्रमुख मानसिंह गुरुङको ७४ वर्षको उमेरमा निधन भएको छ ।

बसेरीका पूर्व जनसरकार प्रमुख एवम् नेकपा (माओवादी केन्द्र) गंगाजमुना गाउँपालिकाका सल्लाहकार गुरुङको शवमाथि माओवादी केन्द्र उपत्यका विशेष प्रदेशका अध्यक्ष जगत सिंखडा र माओवादी केन्द्र बागमती प्रदेशका सह सचिव दलवहादुर बुर्लाकोटीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।।

स्वर्गिय गुरुङ ०५८ सालमा माओवादी बसेरीको जनसरकार प्रमुख बनेका थिए उनले ३ वर्ष जनसरकारको भूमिकामा काम गरेका थिए । उनको निधनले माओवादी केन्द्र स्तब्ध भएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।