गंगाजमुनाका सबै विद्यालय भोली बन्द, सबै शिक्षक र विद्यार्थीलाई पालिका परिसर बोलाईयो

Avatar photo
Dhadingpost
बुधबार, अशोज २४, २०८०

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले असोज २५ गते अघोषित विद्यालय बन्द गराई पालिकाका सबै शिक्षक र विदार्थीहरुलाई गाउँपालिका परिसर बोलाएको छ ।

भोली विद्यालय खुल्दैनन्, विद्यालयमा पढाई हुँदैन सबै शिक्षक र विद्यार्थीलाई हामीले गाउँपालिका परिषरमा बोलाएका छौं । त्यहाँ सिकाई आदान प्रदान हुन्छ । यसलाई विद्यालय बन्द भन्न नमिल्ने पालिकाका शिक्षा अधिकृत मान बहादुर बोहरा बताउँछन् ।

४ हजार विद्यार्थी र ३०० जना शिक्षक गंगाजमुना गाउँपालिकामा छन् । यी सबै पालिका परिषरमा आउँछन् त ? गंगाजुमना गाउँपालिकाको भू-बनोट हेर्ने हो भने पनि रि देखि पालिका सम्म सबै विद्यार्थी एक दिने कार्यक्रममा लाइर्न लगायर आउनै नसक्ने नाम नबताउने सर्तमा एक शिक्षकले धादिङपोष्टलाई बताए ।

सस्तो लोकप्रियताको लागि त शिक्षक सम्मेलनको यो कार्यक्रम राम्रै होला तर बिद्यार्थीको अध्यन गर्ने हक बन्द गर्नु राम्रो नभएको ति शिक्षक बताउँछन् ।

शिक्षा अधिकृत बोहोरा भने विद्यालय बन्द गरिएको हैन । विद्यार्थी शिक्षक र अभिभावक सबैलाई असल अभ्यास आदान प्रदानका लागि यस्तो कार्यक्रम राखिएको बताए । एक दिनको यो कार्यक्रममा शिक्षा अधिकृत बोहोराले भने जस्तो पालिका भित्रका सबै शिक्षक विद्यार्थीहरु एकै ठाउँमा जम्मा गराएर असल अभ्यास आदान प्रदान कति हुन्छ ? चुनौति नै रहेको अभिभावहरु बताउँछन् ।