कांग्रेसले १५ केन्द्रीय विभागका प्रमुख तोक्दा धादिङका दुई परे

Avatar photo
Dhadingpost
शनिबार, भदौ १६, २०८०

धादिङ । नेपाली कांग्रेसले १५ वटा केन्द्रीय विभागको प्रमुख तोकेको छ जसमध्य दुई विभागको जिम्मेवारी धादिङका दुई जनाले पाएका छन् ।

सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ ९संशोधन सहितको धारा ३७ ९१० ९ग० बमोजिम विभागका प्रमुख तोक्दा धादिङका केन्द्रिय सदस्यद्वय दिलमान पाख्रिन र सीता थपलिया (उर्मिला) ले विभाग प्रमुखको जिम्मेवारी पाएका हुन् ।

पार्टी सभापति देउवाले पाख्रिनलाई आदिवासी/जनजाति विभाग प्रमुख र थपलियालाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुखमा मनोनयन गरेका हुन् ।