त्रिपुरासुन्दरी अध्यक्ष उप्रेती कांग्रेसको स्थानीय तह विभाग सदस्यमा चयन

Avatar photo
Dhadingpost
बुधबार, साउन १०, २०८०

धादिङ । नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका कार्यसमितिका सभापति एवं त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती नेपाली कांग्रेस बागमती प्रदेशको प्रदेश तथा स्थानीय तह विभागको सदस्यमा चयन भएका छन् ।

कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले उप्रेतीलाई उप्रेन्द्र लम्सालको नेतृत्वमा रहेको प्रदेश तथा स्थानीय तह विभागको सदस्यमा मनोनित गरेका हुन् ।