काठमाडौंको फोहोर व्यवस्थापन गर्न रोक, सर्वोच्चको आदेश ‘पालना’ भएन

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन हुने ल्याण्डफिल साइटका स्थानीयले आज (मंगलबार) पनि अवरोध जारी राखेका छन् । स्थानीयको अवरोधका कारण सोमबारदेखि सिसडोल र बञ्चरेडाँडामा फोहोर विसर्जन हुन सकेको छैन ।

सरकार र काठमाडौं महानगरसँग भएका सहमति लामो समय हुँदा पनि कार्यान्वयन नभएको भन्दै फोहोर बोकेर ल्याण्डफिल्ड साइट जादैँ गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिएका छन् ।

सर्वोच्चको आदेश ‘पालना’ भएन
नुवाकोटको ककनी गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न आउने गाडीबाट प्रतिगाडी १ हजार ५०० रुपैयाँसम्म उठाउने निर्णय गरेपछि त्यसको विरोध भएको थियो । उक्त निर्णय खारेजीको माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिने निर्णय तत्काल रोक्न आदेश जरी गरेको थियो ।

सर्वोच्चले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपनि फोहोर व्यवस्थापनमा भइरहेको अवरोध भने हटेको छैन ।