गजुरीबाट १० केजी गाँजा सहित रविन दोङ पक्राउ

Avatar photo
Dhadingpost
शुक्रबार, असार २९, २०८०

धादिङ । प्रहरीले धादिङको गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही गाउँपालिका–२ बस्ने २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् ।

उनलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।